टाउकोमा अकस्मात रगत जम्मा हुने वा रगतको संचार बन्द हुने कारणले मस्तिष्कघात हुने गर्छ । हृदयघात हुँदा मुटुलाई सप्लाई गर्ने धमनीहरु बन्द हुन्छन् भने मस्तिष्कघातमा मस्तिष्कलाई रगत सप्लाई गर्ने रगतका नली बन्द हुने या कुनै धमिनी फुटेर रगत जम्ने हुन्छ । 

मस्तिष्कघातका कारण

नसा बन्द हुनेमा बोसो थेग्नेहरु जमेर, मुटुको चाल बिग्रिँदा, मुटुको जमेको रगतका साना–साना कणहरु उछिट्टिएर मस्तिष्कका धमनी बन्द गर्ने हुन्छ । टाउकोको सप्लाई गर्ने नसा नै बोसो जमेर विस्तारै साँघुरिदै गएर कुनै समयमा गएर झ्याप्प बन्द हुने ‘इस्केमिक स्ट्रोक’को कारणले हुन्छ । धमिनी फुटेर हुने रगत जम्ने मस्तिष्कघात ‘हेमोरेजिक स्ट्रोक’ भनिन्छ । मस्तिष्कघात हुनुका प्रमुख कारणहरुमा रक्तचाप, मधुमेह, हाइपरटेन्सनका कारणले बढेर हो । रगतको नलीहरु फुटेर, त्यस्तै एनोरिज्म सानो बेलुनको भित्ता जस्तै हुन्छ रगतको गुजुल्टोजस्तै बनेको हुन्छ ।

पूर्व लक्षण

रक्तस्राव भएर हुने मस्तिष्कघातमा बिरामीलाई एकदमै टाउको दुख्ने हुन्छ । रगत जमेपछि मस्तिष्कको वरपरको भाग सुनिने हुन्छ । सुन्निएको रक्तनलीले पनि मस्तिष्कको नरम तन्तुलाई थिचेर पनि मस्तिष्कघात हुन सक्छ । जहाँ थिच्नेको हुन्छ, त्यस भागको अन्य भागजस्तै हातखुट्टा नचल्ने बनाउन सक्छ । मुखमा बाँगिने आँखा हेर्न समस्या हुने हुन्छ । अरु रोगको जस्तो विस्तारै लक्षण यसले देखाउँदैन् । यसमा अकस्मात लक्षणहरु आउने गर्छन् ।

हार्टअट्याक र मस्तिष्कघातमा के फरक छ ?

हार्टअट्याकमा रक्तसंचार नहुने बित्तिकै मुटुमा कडा दुखाइ हुन थाल्छ । तर, मस्तिष्कघात हुँदा मस्तिष्कमा दुख्ने भन्ने हुँदैन् । मस्तिष्कघात हुँदा एक्कासी मुख बाँगिने, सन्तुलन बिग्रिने लक्षण हुन्छन् । तर, लक्षण भने कहाँ रक्तस्राव भयो, कहाँ नली फुट्यो भन्ने आधारमा देखिन्छ । दायाँतिर भयो भने बायाँतिर लक्षण देखिने, बायाँतिर भयो भने दायाँतर्फ लक्षण देखिने र शरीरको बीचमा भएमा दुवैतिर असर गर्ने हुन्छ । हृदयघातमा मुटुलाई सप्लाई गर्ने धमनीमा जाने रगत बन्द हुन्छ । यी लक्षणलाई सुरुमै चिन्न सकेमा रोकथाम हुनसक्छ ।

उपचार विधि

इमर्जेन्सी म्यानेजमेन्ट र कन्जुरमेटिभ म्यानेजमेन्ट आधारमा यसको उपचार गर्न सकिन्छ ।

इमर्जेन्सी म्यानेजमेन्ट

त्यसका लागि कुन खालको स्ट्रोक हो भनेर पहिचान गर्नुपर्ने हुन्छ । बन्द भएको हो वा रक्तस्राव भएको हो त्यो हेरिन्छ । रक्तस्रावको हो भने कति रक्तस्राव भएको छ ? त्यसले मस्तिष्कलाई कति थिचेको छ । त्यो हेरेर छिट्टै जमेको रगत निकालेर थिचेको भागलाई डिकम्प्रेश गर्नुपर्छ । डिकम्प्रेश सर्जरी तुरुन्तै चाहिने हो वा धेरै थिचेको छैन भने औषधी चलाएर हेर्न सकिन्छ वा रक्तस्राव नियन्त्रण गरेर हेर्न सकिन्छ भन्ने एउटा विधि भयो ।

कन्जुरमेटिभ म्यानेजमेन्ट

उच्च रक्तचापले रक्तश्राव भएको हो भने नियन्त्रण गरेर बढ्न नदिने विकल्प हुने हुन्छ । भकुण्डो फुटेर भएको छ भने फुटेको ७२ घन्टामा पुनः फुट्न सक्ने सम्भावना हुन्छ । यसको लागि एन्जीयोग्राम गर्नुपर्ने हुन्छ । एनोरिज्म फुटेर रक्तस्राव भएको छ भने उपचार गर्दा सकेसम्म छिटो बन्द गर्नुपर्छ ।

बन्द गर्ने तरिका

पहिला टाउकोमा एउटा भागमा क्लिप लगाउने भन्ने थियो । अहिले भने सानो तारले भित्रबाट कोइलिंग गर्ने गरिन्छ । गुजुल्टो फुट्या छ भने के कारणले भएको सबै हेरेर बन्द गर्न मिल्छ । धमनी बन्द भयो भने ब्रेनले पाउने नशा झ्याप्प बन्द हुने कारण जान्ने पछि गरेर तत्काल बन्द भएकोलाई खुलाउने कम गर्नुपर्छ । स्ट्रोक वुइन्ड़ो हुन्छ । त्यसमा उपचारको अवधि सेट गरिन्छ । औषधी दिएर खुलाउने र प्रोगेस गर्ने गरिन्छ । एउटा धमनी सुकेको छ भने त्यसको वरिपरीको भागलाई समयमा खुलाउन सकियो भने अरु थप पारालाइसिस हुनबाट बचाउन सकिन्छ । अर्को भनेको तार मद्दतले थेब्रललाई निकलेत ब्लक भएको धमनी समयमा नै खोल्न सकियो भने धेरै भाग बच्न सक्छ । यसको अवधि कति हुन्छ भनेर बिरामीमै निर्भर हुन्छ । तारको मद्दतले १६ देखि २४ घण्टा लगाएर पनि बचाउन सकिएको छ । सबैको एनाटोमी फरक हुन्छ । सबैलाई केन्द्रित गरेर दिएको समय ६ घण्टा हो । तर, पनि कोही छिटो सुक्छ कोहीको नसा सुक्ने टाइम ढिलो हुँदा बचाउन सकिन्छ ।

स्ट्रोकको रोकथामका उपायहरू

  1. रगतको धमनी बन्द हुने रिस्क फ्याक्टरहरुबाट बच्नु नै यसको रोकथामको प्रमुख विल्कप हो ।
  2. मधुमेह नियन्त्रण गर्ने
  3. नियमित ब्यायाम गर्ने
  4. रक्तचाप नियन्त्रण गर्ने
  5. धुम्रपान नगर्ने
  6. मुटुको चाल थाहा पाउन नियमित जाँच गर्ने


Source: https://www.healthaawaj.com/primary-health/49587/?fbclid=IwAR2zH5AQbQvu1uEJrTJsxen25pT98ghZS5fMRcXHRHmZVbyLKAiPVQqddnw